कक्षा १२ को परीक्षा वैशाख २१ देखि, नयाँ तालिका भोलि सार्वजनिक गरिने
नेपालखोज
२०८२ वैशाख ९ गते २०:५२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूर्वनिर्धारित परीक्षा सार्ने जनाएको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो ।
परीक्षाको तालिका भने भोलि (बुधबार) मात्रै सार्वजनिक हुनेछ । यही वैशाख ११ गते हुने भनिएको परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए ।
सम्बन्धित
प्रतिक्रिया