मध्यपहाडी लोकमार्गः हरिचोक–याम्दीखण्ड कालोपत्र गरिँदै
नेपालखोज
२०८२ वैशाख १० गते ११:०२

कास्की । निर्माणाधीन राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखराको हरिचोकबाट याम्दी पुलसम्मको चार ‘लेन’ सडक कालोपत्र गर्न सुरु भएको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालका अनुसार मङ्गलबार रातिदेखि कसेरीचोकबाट कालोपत्रको कामसुरु भएको हो ।
अस्फाल्ट प्रविधिबाट सडक कालोपत्र गर्न थालेका छौँ , आयोजनाका सूचना अधिकारी किरण सुवेदीले भने । चालु आर्थिक वर्षभित्रमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ । सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनबाट थपिएको म्यादसमेत अहिले सकिएको छ । सरकारले पुनः म्याद थप गरे सोहीअनुसार हुन्छ ।
नभए निर्माण कम्पनीसँग जरिवाना लिएर भए पनि सम्पन्न गर्छौैँ, सुवेदीले भने । निर्माण कम्पनीसँग मूल्य अभिवृद्धि करसहित ४८ करोडमा सडक निर्माणको सम्झौता भएको हो ।
सम्बन्धित
प्रतिक्रिया