बुधबार, वैशाख १०, २०८२

माल्टा र साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त

नेपालखोज २०८२ वैशाख १० गते १३:२९

काठमाडौं । सरकारले नेपालका दुई आवासीय राजदूतलाई गैरआवासीय राजदूत पदमा नियुक्त गरेकाे छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्पेनका लागि नेपालका आवासीय राजदूत शनिल नेपाललाई गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

यसैगरी, इजरायलका लागि नेपालका आवासीय राजदूत प्रा। धनप्रसाद पण्डितलाई गणतन्त्र साइप्रसका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया