आन्दोलनका कार्यक्रम रोक्नका लागि कर्मचारी ट्रेड युनियनलाई महामन्त्री थापाकाे आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनका कार्यक्रम रोक्नका लागि कर्मचारी ट्रेड युनियनलाई आग्रह गरेका छन्
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा थापाले निजामति विधेयकमागि तीव्र रुपमा छलफल भइरहेको भन्दै समितिलाई विश्वास गरि आन्दोलनका कार्यक्रम रोक्नका लागि कर्मचारी ट्रेड युनियनलाई आग्रह गरेका हुन् ।
यसअघि मंगलबार समितिको बैठकमा कर्मचारी संगठनहरुले आफ्ना मागहरु ७२ घण्टाभित्र सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए । थापाले कर्मचारीले आन्दोलनका बिषयमा पुनर्बिचार गर्नुपर्ने उल्लेख गरे । अहिले राम्रो वातावरण बनिरहेको अवस्थामा वातावरण बिग्रन दिन नहुने उहाले बताए ।
त्यस्तै एमाले सांसद कृष्णगोपाल श्रेष्ठले शिक्षक आन्दोलनबाट प्रभावित भएर आन्दोलनको बाटो नखोज्न कर्मचारी संगठनलाई सुझाव दिए । कर्मचारी संगठनले सडकमा जाने बहाना खोजिरहेको भन्दै उहाले जिम्मेवार भएर समयमा नै विधेयक अघि बढाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया