युक्रेन अग्रिम मोर्चा रोक्ने पुटिनको प्रस्ताव

लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षको द्वन्द्व अन्त्य गर्ने आफ्नो वाचा पूरा गर्न खोजिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वर्तमान अग्रिम मोर्चामा युक्रेनमा रुसको आक्रमण रोक्न प्रस्ताव गरेको फाइनान्सियल टाइम्स (एफटी) ले मङ्गलबार रिपोर्ट गरेको छ ।
‘यस मामिलासँग परिचित व्यक्तिहरू’ लाई उद्धृत गर्ने एफटीका अनुसार पुटिनले यस महिनाको सुरुमा सेन्ट पिटर्सबर्गमा अमेरिकी दूत स्टिभ विटकफसँगको बैठकमा यो प्रस्ताव राख्नुभएको थियो । यो लेख त्यस समयमा आएको छ जतिबेला पश्चिमी र युक्रेनी कूटनीतिज्ञहरू तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको द्वन्द्वमा सम्भावित समझौताबारे छलफल गर्न लन्डनमा भेला हुने अपेक्षा गरिएको थियो, साथै वार्तामा के कुरा राखिएको छ भन्ने बारे मिडियामा अनुमान गरिएको थियो ।
रुसी राष्ट्रपति पुटिनले रुसद्वारा आंशिक रूपमा कब्जा गरेका चार क्षेत्र डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिझियाका केही भागमा मस्कोको दाबी फिर्ता लिन इच्छुक हुनेभएको एफटीले जनाएको छ । वित्तीय दैनिकका अनुसार बदलामा संयुक्त राज्य अमेरिकाले रुसका अन्य प्रमुख मागहरू स्वीकार गर्न सक्छ, जसमा सन् २०१४ मा अधिग्रहण गरिएको क्रिमियन प्रायद्वीपमाथि उसको सार्वभौमिकतालाई मान्यता र युक्रेनलाई नाटोमा सामेल हुनबाट रोक्ने कुरा समावेश छ ।
प्रतिक्रिया