जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
नेपालखोज
२०८२ वैशाख १० गते १७:११

मोरङ । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरी खडक नगरपालिका-९ बस्ने ३१ वर्षीय विष्णुदेव मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मण्डलले ती किशोरीलाई ग्रामथान गाउँपालिका-१ स्थित मसलाको घारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया