बुधबार, वैशाख १०, २०८२

अग्नि ग्रुप-बालाजु अटो वक्रसले रौतहटमा गर्यो महिन्द्राको नयाँ आधिकारिक सेवा केन्द्र उद्घाटन

नेपालखोज २०८२ वैशाख १० गते १६:४७

काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप-बालाजु अटो वर्कसले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति रौतहटमा नयाँ २ एस सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

उद्घाटन समारोह यही बुधबार, २०८२ बैशाख १० गतेका दिन गरिमा मोटर्सको वर्कसपमा मधेश प्रदेशका पूर्व उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री-समीर भट्टराई, महिन्द्रा एण्ड महिन्द्राका तर्फबाट अटो डीभिजनको सर्भिस कन्ट्री म्यानेजर-सोमनाथ धर, बालाजु अटो वर्कसका सर्भिस हेड-शिव सुदन श्रेष्ठ, गरिमा मोटर्सका प्रबन्ध निर्देशक-कुन्दन चौधरीद्वारा महिन्द्रा एण्ड महिन्द्रा तथा अग्नि ग्रुपका प्रतिनिधिहरुका साथसाथै अन्य माननीय अतिथिहरुको उपस्थितिमा सामूहिक रुपमा गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै बालाजु अटो वर्कसका सर्भिस हेड शिव सुदन श्रेष्ठले भने, “महिन्द्राको आधिकारिक सेवा केन्द्र मधेश प्रदेश, रौतहटमा विस्तार गरिरहँदा हामी निकै उत्साहित छौँ । हामीले दक्ष प्राविधिकहरू तथा उच्चस्तरीय उपकरणसहित महिन्द्राको आधिकारिक सेवा सुविधालाई क्षेत्रीयस्तरमा विस्तार गर्ने लक्ष्य बोकेका छौँ । यो उद्घाटन समारोह हाम्रो यही लक्ष्यतर्फ यात्राको महत्त्वपूर्ण पाइला हो । हामीलाई यो विश्वास छ कि हाम्रा क्षेत्रीय ग्राहकहरूले महिन्द्राको आधिकारिक र उच्चस्तरीय सेवा तथा सुविधा सहजै पाउनुहुनेछ जसले महिन्द्रा गाडीको स्वामित्व अनुभव अझ परिस्कृत हुनेछ ।“

यो नयाँ सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य रौतहट वरपर बसोबास गर्ने ग्राहकहरूलाई सुविधाजनक पहुँच र समयमै सहयोग सुनिश्चित गर्नु हो । बालाजु अटो वक्र्सले नयाँ २ एस सर्भिस सेन्टरमा गुणस्तरीय सेवाको अनुभव गर्न सबै ग्राहकहरूलाई स्वागत गर्दछ । अग्नी ग्रुपले हाल नेपाल अधिराज्यभरि रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिईरहेको छ । उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ अग्नी ग्रुप-बालाजु अटो वर्कसले आफ्ना सेवाहरु यसरी नै नेपाल अधिराज्यभरि विस्तार गर्ने लक्ष्य पनि लिएको छ ।

साथै, ग्राहकहरुले सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्रि नम्बरहरुः १८१०५०००२५५ (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा सम्पर्क गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया