बिहीबार, वैशाख ११, २०८२

सशस्त्र प्रहरीको गोताखोरले ५० फिट गहिराईबाट निकाल्यो पोख्रेलको शव

नेपालखोज २०८२ वैशाख ११ गते १७:५५

काठमाडौं । बैशाख १० गते सुर्खेत जिल्ला सिम्ता गाउँपालिका-४ भेरी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ब्यक्तिको शव सशस्त्र प्रहरी बलको गोताखोरले ५० फिट गहिराईबाट निकालेको छ ।

५८ बर्षका गोबिन्द पोख्रेल डुबेर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले बैशाख ११ गते बिहिबार दिउँसो ५० फिट गहिराईबाट शव बाहिर निकालेको हो ।

उनी बेपत्ता भएसँगै सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यवस्थापन बेश चिप्ले सुर्खेतबाट समेत खोजिकार्यको लागि टोलि परिचालन गरिएको थियो ।

सोहि गाउँपालिका बस्ने पोख्रेल मलामी गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

प्रतिक्रिया