जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
नेपालखोज
२०८२ वैशाख ११ गते १८:१०

मोरङ । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ग्रामथान गाउँपालिका-१ बस्ने २० वर्षीय आबिद अलि (मिया) लाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अलिले ती बालिकालाई ललाई फकाई सोही गाउँपालिका-१ स्थित सिमरिया भन्ने स्थानमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैंचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया