बिहीबार, वैशाख ११, २०८२

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

नेपालखोज २०८२ वैशाख ११ गते २०:३१

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्रामसहित मोरङ पथरी शनिश्चरे नगरपालिका-९ बस्ने ३१ वर्षीय कोपिल भट्टराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र.०१-०१-००६ ख ४७९७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषधको कारोबारमा संलग्न मोरङ पथरी शनिश्चरे नगरपालिका-९ घर भएका २९ वर्षीय सुरज राईलाई काठमाडौं बालाजु बसपार्कबाट प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी पश्‍चिमको पाल्हीनन्दन गाउँपालिका-१ छोड्की सुनरीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, बुप्रेनोर्फिन ५ एम्पुल र इन्जेक्सन १ थान सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्रतापपुर गाउँपालिका-२ गोपिगंज डेरा गरी बस्ने ३६ वर्षीय साजन सिंह ठकुरी, वर्दघाट नगरपालिका-७ ज्यामिरेभार बस्ने २६ वर्षीय कपिल गैरे र भारत महाराजगंज अदैना निचलौल थाना बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको युपि ५३ बिवाई ०११५ नम्बरको मोटरसाइकल र बा.६३ प ४३७९ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।

ललितपुरको गोदावरी नगरपालिका-५ लेले बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५ ट्याब्लेट, स्पास्पेन ५५ ट्याब्लेट र स्टागन ३० ट्याब्लेट सहित बागमती गाउँपालिका-१ मानिखेल घर भई ललितपुर महानगरपालिका-१४ थसिखेल बस्ने २४ वर्षीय उमेश संजेललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेलेबाट खटिएको प्रहरीले प्रदेश ०३-०२-००४ प ७३५६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-१५ कनरीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बेली बस्ने २६ वर्षीय तिर्थराज रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–१३ मलाया रोडबाट लागूऔषध गाँजा ६ किलोग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा शहिदभूमी गाउँपालिका-७ बस्ने ३५ वर्षीय बालकृष्ण राई र सुनसरी धरान उपमहानगपालिका–१० बस्ने ३२ वर्षीय मनोज गुरूङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

सुनसरीको देवानगंज गाउँपालिका–२ यादव टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया पत्राहा–१५ घुर्ना बजार बस्ने २६ वर्षीय मोहम्मद जावेद, ३० वर्षीय मोहम्मद जमशेर र २५ वर्षीय मोहम्मद आलविन रहेका छन् । इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले बिआर ३८ एडि ४१३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बस्ने ५० वर्षीय पदम बहादुर कार्कीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब २ किलो ३ सय १५ ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरबाट खटिएको प्रहरीले पदम बहादुरको सोही ठाउँस्थित होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

उदयपुरको बेलका नगरपालिका–९ रामपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्राम सहित सोही नगरपालिका–९ रामपुरबजार बस्ने २४ वर्षीय जनम गहतराजलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले को.२४ प ३९८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीको टिकापुर नगरपालिका–१ ब्लक नम्बर ९ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ ब्लक नम्बर १२ बस्ने २८ वर्षीय शाहिल शाह र ब्लक नम्बर ९ बस्ने ३२ वर्षीय सुमित साउद रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–१७ शिसुनिकेतन मार्गबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३१ ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–१७ बस्ने २१ वर्षीय सबिन बिक र २२ वर्षीय समिर राना रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

चितवनको राप्ती नगरपालिका–१ लोथरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४ सय ५० ट्याब्लेट र नगद ९ हजार १ सय ४९ रूपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका–१२ जयमंगला बस्ने २२ वर्षीय कबि श्रेष्ठ र २५ वर्षीय सुरज घलान रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले वीरगंजदेखि नारायणगढतर्फ आउँदै गरेको बा.प्र.०६–००१ ज ०५०३ नम्बरको ईभी माईक्रोलाई जाँच गर्दा माईक्रोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया