बुधबार, वैशाख १०, २०८२

सम्बन्ध सुधार गर्न इजरायल र बहराइन सहमत

नेपालखोज २०७७ भदौ २७ गते ७:१८

एजेन्सी । इजरायल र बहराइनबीच सम्बन्ध सुधारका लागि ऐतिहासिक सम्झौता गर्ने सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको एक महिनाभित्र दुई देशबीच शान्ति सम्झौता हुने दाबी गरेका छन् ।

प्यालेस्टाइनसँगको विवादका कारण अरबका धेरैजसो देशले इजरायललाई बहिष्कार गर्दै आएका छन् । तर अब विवादलाई सुल्झाउँदै शान्ति सम्झौता गर्ने सहमति बनेको हो ।

इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहूले सम्बन्ध सुधारका लागि अर्को एउटा देशसँग सम्झौता भएको भन्दै उत्साहजनक प्रतिक्रिया दिएका बीबीसीले जनाएको छ ।

उनले यो सम्झौता एक नयाँ युग र शान्ति तथा अर्थव्यवस्थाका लागि सबैभन्दा महत्त्वपूर्ण भएको बताएका छन् । यसअघि संयुक्त अरब इमिरेट्स यूएईले इजरायलसँग सम्बन्ध सुधारका लागि सहमति गरेको थियो ।

प्रतिक्रिया