डिश होमको द स्ट्रिङ दोश्रो चरणमा
नेपालखोज
२०७७ भदौ ३० गते ११:२३
काठमाण्डौ । डिशहोमले सुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिता द स्ट्रिङ अडिसन राउण्डबाट १० प्रतियोगी छनौटसँगै दोस्रो चरणमा प्रवेश गरेको छ ।
दर्शकहरुको भोट तथा निर्णायकहरुको छनौटबाट उत्कृष्ट १० मा पर्न सफल प्रतिस्पर्धीहरुले दोस्रो चरणमा पुनः आफ्नो प्रस्तुति डिशहोमको फेसबुक पेजमा अपलोड गरी भोटिङको आह्वान गरिसकेका छन् ।
देशभर छरिएर रहेका प्रतिभाहरुको पहिचान गर्दै, उनिहरुलाई अवसरसँगै हौसला प्रदान गर्ने उदेश्यले डिशहोमले द स्ट्रिङ सुरुआत गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया