लकडाउनमा छोरा जन्मिएपछि छोराको नाम लकडाउन राखियो
नेपालखोज
२०७७ भदौ ३० गते १२:३०
एजेन्सी । कोरोनाको कारण विश्व नै यतिबेला त्रसित छ । कोरोनाको कारण विभिन्न देशमा लकडाउन भएको छ । कुनै देशमा लकडाउन अझै कडा रुपले भइरहेको छ भने नेपालमा लकडाउन केही खुकुलो भएको अवस्था छ । भारतमा लकडाउन चलिरहेकाे छोरा जन्मिएपछि एक दम्पतीले आफ्नो बच्चाको नाम लकडाउन राखेका छन् ।
यो घटना हाम्रो छिमेकी देश भारतको हो । भारतको मध्य शियोपुर जिल्लाको बाचेरी गाउँमा मन्जु मेल लकडाउनको समयमै छोराको जन्म दिइन् । अस्पतालका कर्मचारीले आमा मन्जु मेललाई जन्म प्रमाणपत्रमा बच्चाको नाम के लेख्ने भनेर सोधे, उनले लकडाउन अवधिमा जन्म भएकोले उसको नाम लकडाउन राख्ने बताइन् । लकडाउनका बुबा रघुनाथले मेरो छोरो र हाम्रो परिवारले जीवनभर संकटको यो समय सम्झने बताए ।
यसअघि भारतमा गत महिना एक दम्पतिले आफ्नो जुम्ल्याहा बच्चाको नाम कोरोना र कोभिड राखेका थिए ।
सम्बन्धित
प्रतिक्रिया