सानिमा र एनबी बैंकको नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं । सानिमा बैंक र नेपाल बंगलादेश बैंकले नयाँ ब्यादर सार्वजनिक भएको छ । सानिमा बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर असोज १ गतेबाट लागु हुने भएको छ भने नेपाल बंगलादेश बैंकको आज भदौ ३० गतेबाट लागु हुने भनिएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई हरेक महिना शुरु हुनुभन्दा अघिल्लो दिनसम्ममा नयाँ ब्याजदर सार्वजनिक गर्नु पर्ने निर्देशन दिएको छ । उक्त निर्देशन अनुसार बैंकहरुले असोज महिनाको नयाँ ब्याजदर भदौमा सार्वजनिक गर्न थालेको हो । सानिमा बैंकको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७.७७ र संस्थागततर्फ ६.५० प्रतिशत ब्याज पाइने छ भने बचततर्फ न्यूनतम ३ देखि ५ प्रतिशतसम्म ब्याज पाइने छ । बैंकको साउन मसान्तसम्मको आधार दर ८.०७ प्रतिशत रहेको छ । बैंकबाट अधिकांश कर्जा लिँदा १३.०७ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट कर्पोरेट, टर्म लोन, रिटेल, अटो लोन, भेहिकल लोन, शैक्षिक धितोकर्जा, सेयर धितोकर्जा लगायतका अन्य प्रकारका लोन लिँदा १३।०७ प्रतिशत ब्याज लाग्ने छ ।
त्यसैगरी नेपाल बंगलादेशले आजबाट जारी हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७.२५ र संस्थागतरुपमा ६.५० प्रतिशत ब्याज दिने भएको छ । यस्तै १ वर्षभन्दा बढीको व्यक्तिगत मुद्दति निक्षेपमा ८.२५ प्रतिशत ब्याज दिने भएको छ । एनबी मुद्दति योजनामा ७.७५ प्रतिशत ब्याज दिने छ । यता बचततर्फ न्यूनतम ३.५० देखि ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले हाल १३ वटा बचत खाता सञ्चालन गगिरहेको छ ।
प्रतिक्रिया