सोमबार, वैशाख ८, २०८२

सरकारी निर्णय उल्टियो, असोज १ बाट उडान नहुने

नेपालखोज २०७७ भदौ ३१ गते १२:५६

काठमाडौं । वायुसेवा संचालकले असोज ५ गतेदेखि मात्रै उडान थाल्ने भएको छ । उडानकालागि तयारी नभएको भन्दै सबै कम्पनीले उडान असोज ५ गतेलाई सारेका छन् ।

सरकारले स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै ५० प्रतिशत यात्रु मात्रै राख्न पाउने निर्णय गरेको छ । तर वायुसेवाले जहाजमा पूरै सीटमा यात्रु राख्न पाउनुपर्ने माग राख्दै समय सारेका हुन् । सार्वजनिक यातायातमा पनि यही प्रावधान लागू हुनेछ । केही दिन अघि भने कोरोना नियन्त्रणका नाममा सरकारले हवाई यातायात रोकेकोमा असन्तुष्टी जनाएका संचालकले पटकपटक आन्दोलन गर्ने धम्की दिएका थिए ।

तर सरकारले असोज १ गते बिहीबारदेखि उडान खोल्ने निर्णय गरेपछि भने बोली फेर्दै असोज ५ गतेदेखि मात्रै नियमित उडान थाल्ने जानकारी दिएका छन् । बुद्ध, यती, श्री, तारा, सीता, सौर्य, सिम्रिकले आगामी सोमबारदेखि मात्रै उडान थाल्ने जानकारी दिएका हुन् । यतीले वार्षिकोत्सवको अवसर पारेर असोज ५ गतेदेखि नियमित उडान गर्ने कम्पनीका प्रवक्ता सुर्दशन बर्तौलाले बताए । बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले समेत बिहीबारबाट उडान थाल्न नसकिने बताउँदै सोमबारबाट नियमित उडान गर्ने बताए ।

सरकारले उडान खोले पनि टिकटका लागि इन्क्वाइरी नरहेको आन्तरिक वायुसेवा कम्पनीले जनाएका छन् । दसैंका लागि उडान संचालन बारे सोधपुछ भए पनि अहिलेको लागि भने बुकिङ नरहेको जनाएको छ ।

प्रतिक्रिया