छोराको कंकाल सम्हालेर राख्ने बुबा
एजेन्सी । माया, दया जिवनको एउटा महत्वपूर्ण पाटो हो । सन्तान प्रति आमा बाबुको माया निश्चल हुन्छ । यसै कुरालाई प्रमाणित गर्ने एउटा घटना हाम्रो छिमेकी राष्ट्र भारतमा घटेको छ । यो घटना भारतको राजस्थानको आबुरोड नजिकैको जामरु गाउँको हो । त्यहाँ एक बुवाले लामाे समयदेखि आफ्नो जवान छोराको कंकाल घरमै सम्हालेर राखिरहेका छन् ।
उनकाे अनुसार नटुभाई नाम गरेको उनका छोरा २७ अगस्ट २०१८ मा घरबाट निक्लेका थिए । छोराको लास भने ५ सेप्टेम्बर २०१८ मा सडेगलेको अबस्थामा गाउँ बाहिर भेटिएको थियो । उनले हडाद प्रहरी चौकीमा केही शंकास्पद व्यक्तिहरुको विरुद्ध उजुरी दर्ता गरेका थिए । प्रहरीले भने सामान्य प्रकृतिको मृत्यु भन्दै ती उजुरी माथि अनुसन्धान गर्नुको सट्टा फाईल नै बन्द गरिदिए ।
तर उनलाई अझै पनि हत्याकाे शंका छ । छोराका हत्यारालाई सजाय दिलाएर मात्रै छोराको कंकालको अन्त्यष्टि गर्ने बुबाको अडान छ । प्रहरीको अनुसन्धानबाट असन्तुष्ट रहेका ती बुवाले आफ्नो छोराको अन्तिम संस्कार गरेनन् । उनले छोराकाे कंकाललाई आफ्नो घरको ट्वाईलेटमा प्लाष्टिकमा पोको पारेर राखेका छन् ।
दैनिक जसो ती बुवाले छोराको कंकाललाई टोकरीमा राख्ने र फेरी प्लाष्टिकमै पोको पार्ने गर्छन् । प्रहरीले भने पोष्टमार्टम रिपोर्टमा हत्याबाट मृत्यु नभएको पुष्टि गरिसकेको छ ।
प्रतिक्रिया