मंगलबार, वैशाख ९, २०८२

प्रिमियर लिग फुटबलमा आर्सनलको संघर्षपूर्ण जित

नेपालखोज २०७७ असोज ४ गते ७:१४

एजेन्सी । प्रिमियर लिग फुटबलमा आर्सनलले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा वेस्टहामविरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा १–१ को बराबरी खेलेका आर्सनलले दोस्रो हाफमा थप एक गोल गरेको थियो । लको २५ औं मिनेटमा एलेकजान्दर लाकाजेटेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

उनले इमिरेक अउबामियाङको पासमा गोल गर्दै १–० को अग्रता दिलाए । तर, पहिलो हाफको अन्तिम मिनेटमा मिचेल एन्टोइनले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले रियान फ्रेडेरिक्सको पासमा गोल गर्दै वेस्टहमलाई खेलमा फर्काएका थिए ।

खेल सकिन पाँच मिनेट बाँकी रहँदा एडिए नकेटियहले गोल गर्दै घरेलु टोलीलाई पुनः अग्रता दिलाए । उनले मैदान प्रवेश गरेको तीन दुई मिनेट नबित्दै गोल गरेका थिए । खेलको ८३ औं मिनेटमा एन्द्रिए यर्मोलेन्कोको स्थानमा मैदान प्रवेश गरेका नकेटियहले डानी सेबालोसको पासमा गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए ।

जितसँगै आर्सनलले लगातार दुई जित निकालेको छ । दुई खेलमा ६ अंक जोड्दै आर्सनल तालिकाको दोस्रो स्थानमा छ । यता वेस्हमले भने लगातार दुई खेलमा पराजित भएको छ ।

प्रतिक्रिया