नेप्सेद्धारा सिभिल बैंकसंग जवाफ माग
नेपालखोज
२०७७ असोज ४ गते १७:५१
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सिभिल बैंकसंग जवाफ माग गरेको छ । (आज) आईतबार नेप्सेले सिभिल बैंकको नाउँमा पत्र काट्दै हिमालयन बैंकसंग प्राप्ती गरिदिन अनुुरोध गरेको सम्वन्धी समाचार बिभिन्न सञ्चार माध्यमहरुमा आएपछि सो सम्वन्धी जवाफ पेस गर्न निर्देशन दिएको हो ।
सो सम्वन्धमा धितोपत्र सुचीकरण बिनियमावली २०७५ को बिनियम २२ को (च) बमोजिम सुचीकृत धितोपत्रको बजार मुल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोवार भएमा त्यस्तो बिषयको सुचना तुुरुन्त दिनुुपर्ने भन्ने व्यवस्था बमोजिम सो सम्वन्धी सुचना वा जानकारी यस लिमिटेडमा त्यस बैंकबाट प्राप्त भएको छैन ।
नेप्सेको पत्र अनुसार सिभिल बैंकले असोज ५ गते बजार खुल्नुुअघि नेप्सेलाई जवाफ दिईसक्नुु पर्ने बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया