सोमबार, वैशाख ८, २०८२

सोमवारको शेयर बजार: एक घण्टामा ६.१६ अंक घट्यो, कारोबार रकम ६७ करोडभन्दा बढी

नेपालखोज २०७७ असोज ५ गते १२:१५

काठमाडौं । आइतवार ३ अंक बढेर बन्द भएको बजार सोमबार भने घटेको छ । सोमवार एक घण्टाको कारोबारमा ६ दशमलव १६ अंक घटेर परिसूचक १ हजार ५६९ दशमलव शून्य २ विन्दुमा झरेको छ । आइतवार १ हजार ५७५ दशमलव १८ विन्दुमा नेप्से बन्द भएको थियो ।

सोमवार एक घण्टामा ६७ करोड ३७ लाख ८९ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस अवधिमा १८१ कम्पनीको उक्त रकम बराबरको २२ लाख ६२ हजार ६९१ कित्ता शेयर कारोबार भएको हो । एक घण्टामा नेपाल बैंक लिमिटेडको सर्वाधिक रकमको शेयर किनबेच भएको छ । नेपाल बैंकको ६ करोड ६५ लाख ९३ हजार रूपैयाँ बराबरको शेयर खरिद विक्री भएको हो ।

घटेको बजारमा युनाइटेड फाइनान्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.२० ले बढेको हो । यस अवधिसम्म नेशनल हाइड्रोपावर र लिवर्टी ईनर्जी कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । सोमवार कारोबारमा आएका १२ समूहमध्य जीवन बीमाको शून्य दशमलव शून्य ७ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ३२ प्रतिशत परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । यस अवधिमा होटल समूहको परिसूचक सर्वाधिक ३ दशमलव २२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया