सोमवार तेस्रो घण्टाको कारोबारमा १ अर्ब ८७ करोडभन्दा बढीको शेयर किनबेच, परिसूचक २.७५ अंक घट्यो
काठमाडौं । सोमवार शेयर बजारमा उतारचढाब देखिएको छ । केहि समय निरन्तर उकालो लागेको बजार यो दिन भने बढ्ने घट्ने क्रममै रहेको छ । १ हजार ५८७ दशमलव ८३ विन्दुदेखि खुलेको बजार १ हजार ५८७ दशमलव ९९ विन्दुसम्म पुगेको छ भने १ हजार ५६१ दशमलव ५० विन्दुसम्म झरेको छ ।
तीन घण्टाको कारोबार अवधिसम्म नेप्से परिसूचक २ दशमलव ७५ अंक घटेर १ हजार ५७२ दशमलव ४३ विन्दुमा झरेको छ । यो अवधिसम्म १९२ कम्पनीको १ अर्ब ८७ करोड ८८ लाख ६९ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यतिवेला सम्म कारोबारमा आएका १२ समूहमभ्य निर्जीव्न बीमा समूहको शून्य दशमलव ११ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ३ प्रतिशत परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । यस अवधिसम्म सर्वाधिक व्यापारिक समूहको १ दशमलव ७ प्रतिशत र वित्त समूहको १ दशमलव शून्य ३ प्रतिशतले परिसूचक घटेको छ । सोमवार तीन घण्टाको कारोबार अवधिसम्म सर्वाधिक कारोबार नेपाल बैंकलेनै गरिरहेको छ । यो बेलासम्म नेपाल बैंकको १७ करोड ३६ लाख ९५ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया