मंगलवार एक घण्टामा ११.९९ अंक घट्यो शेयर बजार, कारोबार रकम ५२ करोडभन्दा बढी
काठमाडौं । सोमवारदेखि घटेको शेयर बजार मंगलवार पनि एक घण्टामा ११.९९ अंक घटेको छ । मंगलवार एक घण्टाको कारोबारमा नेप्से परिसूचक १ हजार ५५७ दशमलव शून्य ७ विन्दुमा झरेको छ ।
मंगलवार घटेको बजारमा युनाइटेड फाइनान्सको शेयरमूल्य १० प्रतिशत बढेको छ । सोमवार पनि १० प्रतिशत मूल्य बढेर यस कम्पनीको शेयर कारोबार भएको थियो । यो अवधिसम्म लिवर्टी ईनर्जी र आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ । लिवर्टीको ९ दशमलव ८८ प्रतिशत र आँखुखोलाको ९ दशमलव शून्य ९ प्रतिशतले शेयरमूल्य घटेको हो ।
एक घण्टामा मंगलवार १८४ कम्पनीको ५२ करोड ९८ लाख ३१ हजार रूपैयाँ बराबरको १३ लाख ९२ हजार ५६७ कित्ता शेयर कारोबार भएको छ । मंगलवार शिखर इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । शिखरको एक घण्टामा १३ करोड ५४ लाख ९४ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । यस कम्पनीले मंगलवार आर्थिक वर्ष २०७५/७६ को लागि लाभांश वितरण नगरि उक्त रकम जगेडा कोषमा राख्ने निर्णय गरेसँगै यस कम्पनीको शेयर मूल्यमा नकारात्मक असर परेको छ ।
मंगलवार एक घण्टामा १२ समूहमध्य व्यापारिक शून्य दशमलव ८१ प्रतिशत, वित्त शून्य दशमलव १८ प्रतिशत र म्युचुअल फण्ड शून्य दशमलव शून्य १ प्रतिशत बढेको छ भने बाँकी समूह घटेको छ । यो अवधिमा सर्वाधिक जलविद्युत समूहको परिसूचक १ दशमलव ६४ प्रतिशत र होटलको १ दशमलव ७ प्रतिशतले घटेको हो ।
प्रतिक्रिया