आइतबार, वैशाख ७, २०८२

३ करोडको कार किनेको २० मिनेटमा दुर्घटनामा !

नेपालखोज २०७७ असोज ६ गते १३:४९

एजेन्सी । दैनिक जिवनमा सरलता ल्याउनको लागि सवारी साधनको प्रयोग गर्ने गरिन्छ । हाम्रो समाजमा आफ्नो आर्थिक हैसियत अनुसार उचित सवारी साधन प्रयोग गर्ने गर्छौं । कसैले मोटरसाइकल कसैले कार प्रयोग गर्छन भने कसैले सार्वजानीक यातायात प्रयोग गर्छन् । तर, महङ्गो कार, बाइकमा सौख राख्ने पनि भेटिन्छन् हाम्रो समाजमा । लेम्बोर्गिनी बिएमडब्लु जस्ता कारहरु अहिले बजारमा महङ्गो कार भनेर चिनिन्छ । सामान्य परिवारका मानिसको कल्पना भन्दा बाहिरको कुरामा पर्छन यी गाडीहरु ।

यही महङ्गो कारसँग जोडिएको एउटा घटना बेलायतको वेस्ट वर्कसायरस्थित एमवानमा घटेको छ । दुई लाख पाउन्ड अर्थात नेपाली २ करोड ९८ लाख रुपैयाँ तिरेर किनेको नयाँ लेम्बोर्गिनी कार किनेको २० मिनेटमा नै दुर्घटनामा परेको छ । उक्त लेम्बोर्गिनीलाई एउटा भ्यानले पछाडिबाट ठक्कर दिएको थियो । लेम्बोर्गिनी चलाएका ड्राइभरको टाउकोमा सामान्य चोट लागेको छ तर गाडीको पछाडी भागमा ठूलो क्षती पुगेको छ ।

दुर्घटना स्थलमा कार्यरत एक प्रहरीले यो घटनाको बारेमा सामाजिक सञ्जालमा हालेका थिए । उनको उक्त पोष्ट भाइरल बनेको थियो । उक्त कारको फोटो सहित उनले लेखेका छन्, ‘यो एउटा कार मात्रै हो ! तर यो ब्रान्ड न्यू लेम्बोर्गिनीर्ला २० मिनेट अघि मात्रै खरिद गरिएको थियो । प्राविधिक खराबीका कारण यो लेन ३ मा नै रोकेर राखिएको थियो । त्यति नै बेला पछाडिबाट अर्को गाडीले ठक्कर दिएको थियो ।’

प्रतिक्रिया