कोरोना कहर : भारतमा संक्रमितको संख्या ५५ लाख नाघ्यो
एजेन्सी । भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८८ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोनाले ८८ हजार ९३५ संक्रमितको मृत्यु भइसकेको छ ।
भारतमा हालसम्म ५५ लाख ६२ हजार ६६३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ७५ हजार ८३ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधीमा १ हजार ५३ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा विश्वमा २ लाख २२ हजार २५६ जनामा कोरोना संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनामा कम हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ७२ हजार ५८५ जनामा कोरोना पुष्टि भएको थियो । विश्वमा हालसम्म ९ लाख ६२ हजार ६१३ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ ।
पछिलो २४ घण्टामा ३ हजार ७४९ संक्रमितको मृत्यु भएको छ । संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया