सोमबार, वैशाख ८, २०८२

शेयर बजार घट्ने क्रम जारी, बुधवार एक घण्टामा १०.७२ अंकको गिरावट

नेपालखोज २०७७ असोज ७ गते १२:२१

काठमाडौं । सोमबारदेखि घटिरहेको शेयरबजार बुधवार पनि घट्ने क्रम जारी छ । बुधवार एक घण्टामा १० दशमलव ७२ अंक घटेर १ हजार ५३५ दशमलव ४४ विन्दुमा झरेको हो । मंगलवार २२ दशमलव ९१ अंक घटेर १ हजार ५४६ दशमलव १५ विन्दुमा बन्द भएको बजार बुधवार १ हजार ५४३ दशमलव ३७ विन्दुदेखि खुला भएको थियो । एक घण्टामा बजार १ हजार ५४९ दशमलव शून्य ३ विन्दुसम्म पुगेको छ भने १ हजार ५३४ दशमलव ७१ विन्दुसम्म झरेको छ ।

यो अवधिसम्म ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स २ दशमलव २७ अंक घटेर ३०५ दशमलव १३ विन्दुमा झरेको छ । बुधवार एक घण्टामा १८० कम्पनीको ३३ करोड १० लाख १९ हजार रूपैयाँ बराबरको ९ लाख ९० हजार ५३७ कित्ता शेयर कारोबार भएको छ । बुधवार पनि सर्वाधिक रकमको कारोबार शिखर इन्स्योरेन्स कम्पनीको भएको छ । एक घण्टामा शिखरको ३ करोड ५९ लाख ५५ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

घटेको बजारमा प्रोग्रेसिभ फाइनान्सको शेयरमूल्य सर्वाधिक ४ दशमलव ६३ प्रतिशत बृढेको छ भने पञ्चकन्यामाई हाइड्रोपावरको सर्वाधिक ७ दशमलव ९६ प्रतिशतले घटेको छ । एक घण्टाको कारोबारमा १२ समूहमध्य म्युचुअल फण्डको शून्य दशमलव २ प्रतिशत परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । यस दिन एक घण्टामा सर्वाधिक परिसूचक होटल समूहको २ दशमलव ५६ प्रतिशत , व्यापारिक समूहको १ दशमलव २९ प्रतिशत र जलविद्युत समूहको १ दशमलव ५५ प्रतिशत घटेको छ ।

प्रतिक्रिया