सोमबार, वैशाख ८, २०८२

२.२४ अंक बढ्यो शेयर बजार, तीन घण्टामा १ अर्ब १६ करोडभन्दा बढीको शेयर खरिद बिक्री

नेपालखोज २०७७ असोज ७ गते १४:१४

काठमाडौं । बुधबार तेस्रो घण्टाको कारोबारसम्म नेप्से परिसूचक २ दशमलव २४ अंक बढेर १ हजार ५४८ दशमलव ३९ विन्दुमा उक्लिएको छ । सोमवारदेखि घटेको बजार बुधबार भने उकालो लाग्ने संकेत गरेको हो । तेस्रो घण्टामा १९३ कम्पनीको १ अर्ब १६ करोड ७७ लाख ३१ हजार रूपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । मंगलवार २२ दशमलव ९१ अंक घटेर १ हजार ५४६ दशमलव १५ विन्दुमा बन्द भएको बजार बुधबार १ हजार ५४३ दशमलव ३७ विन्दुदेखि खुला भएको हो । यस दिन तेस्रो घण्टाको कारोबारसम्म बजार १ हजार ५५४ दशमलव ५४ विन्दुसम्म पुगेको छ ।

तेस्रो घण्टासम्म सर्वाधिक कारोबार शिखर इन्स्योरेन्सले नै गरेको छ । यो अवधिसम्म शिखर इन्स्योरेन्सको ८ करोड ८२ लाख ९० हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । तेस्रो घण्टाको कारोबार अवधिमा कारोबारमा आएका १२ समूहमभ्य बैंकिङ समूहको शून्य दशमलव शून्य ८ प्रतिशत, व्यापारिक समूहको शून्य दशमलव ३५ प्रतिशत र होटल समूहको १ दशमलव १६ प्रतिशत परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । यो अवधिमा भने ङादी ग्रुप पावरको शेयरमूल्य सर्वाधिक ८ दशमलव २३ प्रतिशत बढेको छ भने पञ्चकन्या हाइड्रोपावरको सर्वाधिक ५ दशमलव ३१ प्रतिशत घटेको छ ।

प्रतिक्रिया