बिहीबार दोस्रो घण्टामा ६९ करोड बढीको शेयर कारोबार, जलविद्युत कम्पनीको शेयरमा बढी आकर्षण
काठमाडौं । बिहीबार दोस्रो घण्टामा ६९ करोड १८ लाख ५ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस अवधिमा १९० कम्पनीको ३२ लाख १९ हजार ५६८ कित्ता शेयर कारोबार भएको हो । दुई घण्टाको कारोबारमा शेयर बजार भने स्थिर रहेको छ । यस अवधिमा १ दशमलव शून्य १ अंक बढेर बजार १ हजार ५५६ दशमलव ५३ विन्दुमा पुगेको छ ।
बिहीबार जलविद्युत कम्पनीहरुको शेयरमा लगानीकर्ताहरु आकर्षित भएका छन् । दोस्रो घण्टासम्ममा अरुण कावेली लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । अरुण कावेलीको यो अवधिसम्म ९ करोड २३ लाख ४३ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । कारोबारमा आएका १२ समूहमध्य जलविद्युत समूहको परिसूचक सर्वाधिक ३ दशमलव २८ प्रतिशत बढेको छ । यस दिन व्यापारिक समूहको १ दशमलव ५८ प्रतिशत, होटलको १ दशमलव ७ प्रतिशत , वित्तको १ दशमलव ७६ प्रतिशत र अन्य समूहको शून्य दशमलव १८ प्रतिशत परिसूचक बढेको छ ।
यस दिन बैंकिङ समूहको शून्य दशमलव ३ प्रतिशत, विकास बैंकको शून्य दशमलव शून्य ६ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ३७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ११ प्रतिशत, लघुवित्तको शून्य दशमलव शून्य ७ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ३१ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ५३ प्रतिशत परिसूचक घटेको छ । यस अवधिसम्म युनाइटेड फाइनान्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बृद्धि भएको छ भने नेशनल हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ३ दशमलव ४९ प्रतिशत घटेको छ ।
प्रतिक्रिया