प्रिमियर लिग : टोटनहमको सहज जित
एजेन्सी । प्रिमियर लिग क्लब टोटनहम युरोपा लिगको तेस्रो चरणको क्वालिफाइङ राउण्डमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा स्केन्डिजालाई ३–१ गोलले पराजति गर्दै सहज जित निकालेको हो ।
टोटनहमको जितका लागि एरिक लामेला, सन हिउङ मिन र ह्यारी केनले एक एक गोल गरेका थिए । स्केन्डिजाका लागि भाल्मिर नाफ्लुले एक गोल फर्काएका थिए ।
पहिलो हाफमा १–० को अग्रता लिएको लिएको खेलको दोस्रो हाफमा टोटनहमले दुई गोल गर्दा एक गोल खान पुगेको थियो । खेलको पाँचौ मिनेटमा एरिकले गोल गर्दै टोटनहमलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । तर, खेलको ५५ औं मिनेटमा स्केन्डिजा खेलमा फर्किएको थियो । स्केन्डिजाका भाल्मिरले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए ।
७० औं मिनेटमा सनले गोल गर्दै टोटनहमलाई पुनः २–१ को अग्रता दिलाए । ७९ औं मिनेटमा केनले गोल गर्दै टोटनहमलाई ३–१ गोलको सहज जित दिलाएका थिए । केन खेलको ६० मिनेटमा डेले अलीको स्थानमा मैदानमा प्रवेश गरेका थिए । जितसँगै टोटनहम युरोपा लिगको अर्के चरणमा प्रवेश गरेको छ ।
प्रतिक्रिया