सोमबार, वैशाख ८, २०८२

आइतबार ४.२९ अंक बढ्यो शेयर बजार, ३ अर्ब भन्दा बढीको कारोबार

नेपालखोज २०७७ असोज ११ गते १६:११

काठमाडौं । आइतबार शेयर बजार ४ दशमलव २९ अंक बढेर १ हजार ५६५ दशमलव ५६ विन्दुमा बन्द भएको छ । यो दिन अघिल्लो कारोबार दिन बिहीवारको तुलनामा परिसूचक शून्य दशमलव २७ प्रतिशत बढेको हो । ठुला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९० अंक बढेर ३१० दशमलव ४७ विन्दुमा पुगेको छ ।

आइतबारको बजारमा ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस दिन १९१ कम्पनीको १ करोड ९९ लाख ७२ हजार ३११ कित्ता शेयर खरिद विक्री भएको हो । यो दिन सर्वाधिक रकमको कारोबारमा पहिलो स्थान सोल्टी होटल लिमिटेडले ओगटेको छ । सोल्टी होटलको आइतवार ४८ करोड ५६ लाख ५१ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको दिन सोल्टी होटलको शेयरमूल्य पनि प्रतिकित्ता ७ रूपैयाँले बढेर अन्तिम मूल्य १९० रूपैयाँ कायम भएको छ ।

आइतबार कारोबारमा आएका १२ समूहका कम्पनीहरुमध्य होटल समूहका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ । कारोबारमा आएका १२ समूहमध्य होटल समूहको परिसूचक सर्वाधिक २ दशमलव ९८ प्रतिशतले बढेको छ । यस दिन होटलसँगै वित्त समूहको परिसूचक पनि १ दशमलव ५४ अंकले बढेको छ । त्यस्तै बैंकिङको १ दशमलव १ प्रतिशत, विकास बैंकको शून्य दशमलव ७१ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव २६ प्रतिशत परिसूचक बढेको छ ।

आइतबारको बजारमा सर्वाधिक परिसूचक उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ४७ प्रतिशतले घटेको छ । त्यस्तै जलविद्युतको १ दशमलव शून्य १ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ९१ प्रतिशत, व्यापारिकको शून्य दशमलव १८ प्रतिशत, अन्यको शून्य दशमलव १५ प्रतिशत, लघुवित्तको शून्य दशमलव २६ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ८६ प्रतिशत परिसूचक घटेको हो ।

आइतबार ९ प्रशितभन्दा बढी शेयरमूल्य १० कम्पनीको बढेको छ । १० कम्पनीमध्य बेष्ट फाइनान्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९२ प्रतिशतले बढेको छ । त्यस्तै माउण्टेन हाइड्रो नेपालको ९ दशमलव ६८ प्रतिशत, नेपाल फाइनान्सको ९ दशमलव ५५ प्रतिशत,रैराङ हाइड्रोको ९ दशमलव ५२ प्रतिशत, घलेम्दी हाइड्रोको ९ दशमलव ४७ प्रतिशत, बरुण हाइड्रोको ९ दशमलव ४० प्रतिशत, आँखुखोला जलविद्युुतको ९ दशमलव ३८ प्रतिशत , कर्णाल डेभलपमेण्ट बैंकको ९ दशमलव शून्य ९ प्रतिशत र गोर्खाज फाइनान्सको शेयरमूल्य ९ दशमलव शून्य २ प्रतिशतले आइतबार शेयरमूल्य बढेको छ ।

आइतबार सर्वाधिक शेयरमूल्य घट्नेमा युनिलिभर नेपाल लिमिटेड रहेको छ । यस दिन युनिलिभरको शेयरमूल्य ७ दशमलव ११ प्रतिशतले घटेको छ । युनिलिभरले गत आर्थिक वर्षको लागि प्रतिशेयर १०० रूपैयाँ लाभांश दिने निर्णय आईतबार सार्वजनिक भएको थियो । लाभांश सार्वजनिक भएकै दिन युनिलिभरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको हो । आइतवार युनिलिभर नेपालको अन्तिम शेयरमूल्य १८ हजार २५ रूपैयाँ कायम भएको छ । यस दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ३७९ रूपैयाँले घटेको हो । गत वर्ष प्रति शेयर ७७० रूपैयाँको दरमा लाभांश दिएको युनिलिभरको यो वर्ष लाभांशमा कमि आएसँगै लगानीकर्ताहरु शेयर विक्रीतर्फ सक्रिय हुदाँ मूल्यमा असर परेको हो ।

प्रतिक्रिया