सोमबार, वैशाख ८, २०८२

दोस्रो घण्टामा १.६२ अंक घट्यो बजार, अरुणभ्याली हाइड्रोको सर्वाधिक कारोबार

नेपालखोज २०७७ असोज १२ गते १३:२१

काठमाडौं । सोमबार दुई घण्टाको कारोबार अवधिसम्म शेयर बजार १ दशमलव ६२ अंक घटेको छ । यस अवधिमा परिसूचक १ हजार ५६३ दशमलव ९३ विन्दुमा झरेको हो । गत बुधवारदेखि निरन्तर बढेको बजार सोमबार भने करेक्सन हुने सम्भावना देखिएको हो ।

दुई घण्टामा १८९ कम्पनीको ७७ करोड ४ लाख ७७ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो अवधिम्म बजारमा कुल ३३ लाख २७ हजार ८१४ कित्ता शेयर खरिद विक्री भएको हो । यस अवधिमा भने अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यस कम्पनीको दुई घण्टामा ३ करोड ३६ लाख ८० हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहमध्य विकास बैंकको शून्य दशमलव शून्य ७ प्रतिशत, वित्तको शून्य दशमलव ९८ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ५२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव शून्य ९ प्रतिशत, अन्यको शून्य दशमलव शून्य ८ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव १४ प्रतिशत परिसूचक बढेको छ । बाँकी समूहमध्य सर्वाधिक व्यापारिक समूहको शून्य दशमलव ७८ प्रतिशत परिसूचक घटेको छ । यो अवधिसम्म सर्वाधिक कमाउने नेपाल फाइनान्स र गुमाउने पाँचथर पावर कम्पनीका शेयरधनी रहेका छन्, पाँचथर पावरको शेयरमूल्य ६ दशमलव ९० प्रतिशत घटेको हो भने नेपाल फाइनान्सको ९ दशमलव ६३ प्रतिशत बढेको हो ।

प्रतिक्रिया