अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार ट्रम्प र बाइडेनबीच पहिलो बहस
नेपालखोज
२०७७ असोज १३ गते ९:११
एजेन्सी ।अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनबीच पहिलो बहस आज हुँदैछ ।
चुनाव प्रचारको अन्तिम दौडम रहेका उनीहरुबीच तीन चरणको बहस हुनेछ । दोस्रो बहस १५ र तेस्रो २२ अक्टोबरमा हुनेछ । अमेरिकी राष्ट्रपति पदको निर्वाचन ३ नोभेम्बरमा हुनेछ । ट्रम्प रिपब्लिकन र बाइडेन डेमोक्र्याट उम्मेद्वार हुन् ।
कोरोना भाइरस महामारीका कारण यो वर्षको बहस केही फरक हुनेछ । यसपटक बहसका सहजकर्ता एक जना मात्र हुने छन् । ‘प्यानालिस्ट’ हुने छैनन् । दर्शक राख्ने या नराख्ने भन्ने ’डिबेट कमिसन’ले कुनै जानकारी दिएको छैन् ।
सीएनएनका अनुसार बहसकर्ता र सहजकर्ताले मास्क लगाउने छैनन् । तर, हात मिलाउने ऐतिहासिक परम्परा यसपटक हुने छैन । बहस केस वेस्टर्न रिजर्व विश्वविद्यालय ओहायोमा हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया