बुधबार, वैशाख १०, २०८२

कोरोना कहर : विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख

नेपालखोज २०७७ असोज १३ गते १०:०८

एजेन्सी ।कोरोना भाइरसबाट विश्वमा ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । अझै धेरै क्षेत्रमा संक्रमण तीब्र गतिमा फैलिरहेकाले ज्यान गुमाउनेहरुको संख्या वढ्न सक्ने बताइएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोनाका कारण ज्यान गुमेकामध्ये झण्डै आधा संख्या अमेरिका, ब्राजिल र भारतबाट रहेका छन् । विज्ञहरूले वास्तविक संख्या अझ यो भन्दा धेरै हुनसक्ने अनुमान गरेका छन् । विश्वमा सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ भने त्यसपछि क्रमशः ब्राजिल र भारतमा भएको छ ।

अमेरिकामा हालसम्म २ लाख ५ हजार मानिसहरूले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने ब्राजिल र भारतमा क्रमशः १ लाख ४१ हजार ७ सय र ९५ हजार ५ सय जनाको मृत्यु भइसकेको छ । अमेरिकामा अहिलेसम्म धेरै संक्रमित प्रमाणित भएपनि पछिल्लो समय संक्रमण फैलिने क्रम भारतमा सबैभन्दा धेरै छ ।

हालसम्म विश्वका ३ करोड २० लाख बढी मानिसलाई भाइरसको संक्रमण पुष्टि भइसकेको छ । यसैगरी यसका विरूद्ध खोप निर्माणका कामहरू चलिरहेको भएपनि ठोस नतिजा आएको छैन ।

प्रतिक्रिया