मंगलबार, वैशाख ९, २०८२

इंग्लिस प्रिमियर लिग : खेलाडी, प्रशिक्षक तथा स्टाफहरुमध्ये १० जनामा कोरोना संक्रमण

नेपालखोज २०७७ असोज १३ गते १०:१०

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आबद्ध भएका खेलाडी र प्रशिक्षक तथा स्टाफहरुमध्ये १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

प्रिमियर लिग फुटबलमा पछिल्लो समय गरिएको परीक्षणमा नयाँ सिजन सुरुभएपछिकै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको हो । प्रिमियर लिगका कूल १ हजार ५ सय ९५ खेलाडी र क्लब स्टाफको सेप्टेम्बर २१ र २७ मा कोरोना परीक्षण गरिएको थियो ।

जसमध्ये १० खेलाडीमा कोरोना देखिएको हो । प्रिमियर लिगले कोरोना संक्रमितको नाम भने खुलाएको छैन । त्यस्तै, कोरोना देखिएका खेलाडी र स्टाफ १० दिनको आइसोलेसनमा बसिसकेको पनि लिगले जानकारी दिएको छ ।

गत साता वेष्टहामका प्रशिक्षक डेविड मोयस, खेलाडी इसा डिओप र जोश कुलनमा कोरोना देखिएको थियो ।

प्रतिक्रिया