बुधबार, वैशाख १०, २०८२

कोरोना कहर : विश्वमा संक्रमितको संख्या ३ करोड ३२ लाख नाघ्यो

नेपालखोज २०७७ असोज १४ गते ७:२६

एजेन्सी । कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ३२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३२ लाख ४९ हजार ५६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ७४८ संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ४० संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया