बुधबार, वैशाख १०, २०८२

कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

नेपालखोज २०७७ असोज १४ गते ७:४०

एजेन्सी । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ४० पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६९४ संक्रमितको मृत्यु भएको छ ।

सोही अवधीमा २ लाख २२ हजार ७४८ संक्रमितको पहिचान भएको छ । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३२ लाख ४९ हजार ५६३ पुगेको छ ।

प्रतिक्रिया