बुधबार, वैशाख १०, २०८२

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नजिक

नेपालखोज २०७७ असोज १४ गते ७:४४

एजेन्सी । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९७ हजार ५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १ सय ७८ कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिर्टसको तथ्यांकमा उल्लेख छ ।

भारतमा पछिल्लो २४ घण्टामा ८० हजार वढी कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ६२ लाख २३ हजार नाघेको छ । यस्तै भारतमा ५१ लाख ८४ हजार वढी निको भएका छन् ।

भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ । भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पूर्ववत अवस्थामा सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया