सोमबार, वैशाख ८, २०८२

बिग बोस सिजन १४ को फाइनल लिस्ट सार्वजनिक, शो मा देखिने छन यी १३ अनुहार

नेपालखोज २०७७ असोज १४ गते ९:१०

आजतक । कोरोना भाइरस संक्रमणका कारण सम्पूर्ण बलिउड गतिविधि बन्द रहदा प्रभावित बनको रियालिटी शो बिग बोस २०२० आखिरकार सुरु हुने भएको छ । भारतको चर्चित रियालिटी शो बिग बोस २०२० को फाइनल लिस्ट सार्वजनिक भएको छ । जसमा टीभी सीरियलका चर्चित एक विवाहित जोडी, टीभी सीरियलकी दुई जना बुहारी, एक खलनाइका, टीभी सीरियलका दुइ जना छोरा, दुई गायकका साथै चर्चित रियालिटी शो बिग बोस सिजन -१४ मा हिन्दी- पञ्चाबी फिल्मका साथै दक्षिण भारतीय फिल्मका नायिकाहरु पनि देखिदै छन् ।

यी सबैले आफ्नो ओपनिग अभिनयको शुटिगं गरिसकेका छन् । अब १ अक्टोबरका दिन बलिउड चर्चित नायक तथा होस्ट सलमान खानसँग शुटिगं गरेर यी कलाकार बिग बोसको फिल्मसिटी स्थित सेटमा कैद हुने छन् । उसो त केहि अनुहार जस्तै शगुन पाण्डे, नेहा शर्मा, प्रतीक सहजपाल अनि नैना सिंलाई भने स्ट्याण्डबाइ राखिएको छ । यदि यिनिहरु पहिलो एपिसोडमा देखिएनन भने अर्को एपिसोड्समा वाइल्ड कार्डका रुपमा इन्ट्री गर्ने छन् ।

बलिउड अभिनेत्री कंगना रनौत जस्तै हिमाञ्चल प्रदेशकी एक अर्की छोरी अब बिग बोसको घरमा तहल्का मच्चाउने भएकी छिन् । टिभी सीरियल  ‘छोटी बहू ‘  मा राधिकाको भूूमिकामा रुबीनाले सीरियलको दुनियामा इन्ट्री गरेकी थिइन् । एक सीरियलको दुई सिजनमा अभिनय गरेकी रुबीना र अविनाश सचदेवको जाडीलाई निकै रुचाइएको थियो ।

सीरियल छोटी बहू पछि रुबीना ‘पुनर्विवाह ‘ अनि ‘जिनि और जुजु’ जस्ता शो मा देखिएकी थिइन् । रुबीनालाई राम्रो पहिचान मिलेको सीरियल हो ‘शक्ति -अस्तित्व के एहसास की ‘ जहाँ रुबीना तेस्रो लिङ्गी रुपमा देखिएकी छन् ।

यस वर्ष रुबीनाने सीरियलछोडेर आफ्नो वैवाहिक जीवनमा व्यस्त भइन् । रुबीना बिग बोसमा लोमो सयम पछि देखा पर्ने भएकी छिन् । तर यस पटक उनि एक्लै होइन आफ्ना श्रीमान अभिनव शुक्लासँग देखिदै छिन् ।

त्यस्तै बिग बोसको यस सिजनमा अभिनव शुक्ला, शारदुल पण्डित, शहजाद देओल, जैस्मिन भसीन, निशांत सिंह मलकानी, पवित्रा पुनिया, ऐजाज खान, सारा गुरपाल, निक्की तम्बोली, प्रतीक सहजपाल देखिने छन् ।

प्रतिक्रिया