सोमबार, वैशाख ८, २०८२

बुधबार पनि नेप्से घट्ने क्रम जारी, एक घण्टामा २.५२ अंक घटेको बजारमा ३० करोड बढीको कारोबार

नेपालखोज २०७७ असोज १४ गते १२:१८

काठमाडौं । सोमबारदेखि घटेको शेयर बजार बुधबार पनि घटिरहेको छ । यो दिन कारोबारको एक घण्टा अवघिमा २ दशमलवव ५२ अंकले बजार घटेको हो । मंगलबार ७ दशमलव २१ अंक घटेर १ हजार ५५३ दशमलव ६२ विन्दुमा बन्द भएको बजार बुधबार १ हजार ५६१ दशमलव ५९ विन्दुदेखि खुलेको हो । कारोबार खुला भएको दुई मिनेटमै १ हजार ५६२ दशमलव ६२ विन्दुमा पुगेको बजार त्यसपछि भने निरन्तर घटिरहेको छ । एक घण्टाको कारोबार अवधिसम्म बजार १ हजार ५५१ दशमलव १० विन्दुमा झरेको हो ।

बुधबार एक घण्टामा १६८ कम्पनीको ३० करोड १ लाख ५४ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । उक्त रकम बराबरको १४ लाख ६९ हजार ४१२ कित्ता शेयर खरिद विक्री भएको हो । यस अवधिमा हिमाल दोलखा हाइड्रोको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । हिमाल दोलखाको एक घण्टामा २ करोड ८७ लाख ५१ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

बुधबार १२ समूहगत परिसूचकमध्य व्यापारिक समूहको शून्य दशमलव शून्य ५ प्रतिशत, विकास बैंकको शून्य दशमलव ५४ प्रतिशत र जलविद्युत समूहको शून्य दशमलव ९८ प्रतिशत बढेको छ । यो अवधिसम्म अन्य नौं समूहको परिसूचक भने घटेको छ । बुधबार जोशी हाइड्रोको शेयरमूल्य १० प्रतिशतसम्म बढेको छ । यो दिन नेपाल फाइनान्सको शेयरमूल्य भने सर्वाधिक ६ दशमलव ४९ प्रतिशत घटेको छ ।

प्रतिक्रिया