बुधबार दोस्रो घण्टामा १०.६६ अंक घट्यो शेयर बजार, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । बुधबार दोस्रो घण्टाको कारोबारमा शेयर बजार १० दशमलव ६६ अंक घटेर १ हजार ५४२ दशमलव ९६ विन्दुमा झरेरको छ । यो अवधिमा ठुला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ८९ अंक घटेर ३०५ दशमलव ९२ विन्दुमा झरेको छ ।
दोस्रो घण्टामा १८४ कम्पनीको ७९ करोड ७३ लाख ७३ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । उक्त रकम बराबरको ३३ लाख ६४ हजार ९२४ कित्ता शेयर कारोबार भएको हो । यो अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक रकम बराबरको कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको दोस्रो घण्टामा ५ करोड ६ लाख ५० हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
दोस्रो घण्टामा म्युचुअल फण्ड वाहेकका सबै समूहगत परिसूचक घटेको छ । म्युचुअल फण्डको परिसूचक शून्य दशमलव १३ प्रतिशत बढेको हो । यस अवधिमा सर्वाधिक होटल समूहको १ दशमलव ४१ प्रतिशत, वित्त समूहको १ दशमलव १४ प्रतिशत र निर्जीवन बीमा समूहको १ दशमलव २९ र व्यापारिक समूहको १ दशमलव शून्य ८ प्रतिशत प्रतिशतले परिसूचक घटेको हो । यो अवधिमा आँखुखोला जलविद्युत कम्पनी र घलेम्दी हाइड्रोको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९१ प्रतिशत बढेको छ । दुबै कम्पनीको शेयरमूल्य एउटै अनुपातमा बढेको हो । दोस्रो घण्टामा सर्वाधिक नेपाल फाइनान्सको शेयरमूल्य ६ दशमलव ४९ प्रतिशत घटेको छ ।
प्रतिक्रिया