सोमबार, वैशाख ८, २०८२

बुधबार ११५०.४३ विन्दुमा बन्द भयो नेप्से, १ अर्ब ९५ करोडभन्दा बढीको कारोबार

नेपालखोज २०७७ असोज १४ गते १५:३१

काठमाडौं । बुधबार शेयर बजार ३.१९ अंक घटेर १ हजार ५५० दशमलव ४३ विन्दुमा बन्द भएको छ । मंगलबार ७ दशमलव २१ अंक घटेर १ हजार ५५३ दशमलव ६२ विन्दुमा बन्द भएको बजार बुधवार १ हजार ५६१ दशमलव ५९ विन्दुदेखि खुलेको थियो । कारोबार खुला भएको दुई मिनेटमै १ हजार ५६२ दशमलव ६२ विन्दुमा पुगेको बजार घटेरै बन्द भएको हो । यो दिन ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६४ अंक घटेर ३०७ दशमलव १७ विन्दुमा झरेको छ ।

मंगलबारको तुलनामा बुधबार भने कारोबार रकम बढेको छ । मंगलबार १९२ कम्पनीको १ अर्ब ८२ करोड ९८ लाख ७२ हजार रूपैयाँ बराबरको ७३ लाख ५ हजार १११ कित्ता शेयर कारोबार भएको थियो । बुधबार भने १९० कम्पनीको १ अर्ब ९५ करोड ३६ लाख ३६ हजार रूपैयाँ बराबरको ८० लाख १९ हजार ६६१ कित्ता शेयर कारोबार भएको छ ।

बुधबार कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीको रहेको छ । नेपाल पुनर्बीमा कम्पनीको यो दिन ११ करोड २४ लाख ३५ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । यस दिन बजार बन्द हुदाँ चार समूहको परिसूचक बढेको छ भने आठ समूहको घटेको छ । यो दिन विकास बैंकको सर्वाधिक १ दशमलव ८७ प्रतिशत परिसूचक बढेको हो । त्यस्तै म्युचुअल फण्डको १ दशमलव १९ प्रतिशत, जलविद्युतको शून्य दशमलव ६७ प्रतिशत र वित्त समूहको शून्य दशमलव ३९ प्रतिशत परिसूचक बढेको छ ।

यो दिन सर्वाधिक व्यापारिक समूहको १ दशमलव शून्य ६ प्रतिशतले परिसूचक घटेको छ । त्यस्तै बैंकिङ समूहको शून्य दशमलव ३४ प्रतिशत, होटलको शून्य दशमलव ८५ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ६६ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव २४ प्रतिशत, लघुवित्त र अन्य समूहको शून्य दशमलव २७ प्रतिशत, र जीवन बीमा समूहको शून्य दशमलव ३८ प्रतिशत परिसूचक घटेको हो ।

बुधबार घटेको बजारमा पनि कामना सेवा विकास बैंक र जोशी हाइड्रोको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कामना सेवाको शेयरमूल्य प्रतिकित्ता १७ रूपैयाँले बढेर अन्तिम मूल्य १८७ रूपैयाँ कायम भएको छ जोशी हाइड्रोको शेयरमूल्य प्रतिकित्ता ११ रूपैयाँले बढेर अन्तिम मूल्य १२१ कायम भएको छ । यो दिन नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ६ दशमलव ८७ प्रतिशत घटेर अन्तिम मूल्य २४४ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया