अमेरिकी विदेश मन्त्री तीन देशको भ्रमणमा निस्किँदै
नेपालखोज
२०७७ असोज १४ गते १९:४२
एजेन्सी । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले अक्टोबरको पहिलो साता तीन दिनेको भ्रमण शुरु गर्नुहुने भएको छ । अक्टोबर ४ देखि ८ सम्ममा उनले जापान, दक्षिण कोरिया र मंगोलियाको भ्रमण गर्ने अधिकारीहरुले जनाएका छन् ।
मन्त्रालयले जारी गरेको वक्तव्यमा लेखिएको छ, “विदेश मन्त्री पोम्पेओ जापानको टोकियो, मंगोलियाको उलानबटोर र दक्षिण कोरियाको सोल जानु हुनेछ ।”
टोकियोमा रहेका बेला उनले अष्ट्रेलिया, भारत र जापानका विदेश मन्त्रीहरुसँग अक्टोबर ६ तारिखमा भेट्ने कार्यक्रम रहेको छ । उनले उनीहरुसँग सहकार्य, एक आपसमा सहयोग आदान प्रदान र सम्वन्ध सुधारलगायतका विषयमा कुराकानी गर्ने जनाइएको छ ।
पोम्पेओले अक्टोबर ७ तारिखमा मंगोलिया र ७ र ८ तारिखमा दक्षिण कोरियाका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने तय भएको अधिकारीहरुले जनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया