बिहीबार तेस्रो घण्टामै करिब २ अर्बको शेयर कारोबार, परिसूचक १८.४० अंक माथी
काठमाडौं । बिहीबार शेयर बजारमा तेस्रो घण्टाभित्र १ अर्ब ८९ करोड ३८ लाख ८ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो अवधिसम्म १९२ कम्पनीको ६९ लाख ६१ हजार १९ कित्ता शेयर कारोबार भएको हो ।
यो अवधिमा नेप्से १ हजार ५६८ दशमलव ८३ विन्दुमा रहेको छ । तेस्रो घण्टामा १८ दशमलव ४० अंक परिसूचक बढेको हो । यो दिन सर्वाधिक रकमको कारोबार गरीरहेको बैंक अफ काठमाडौं लिमिटेडको १० करोड ८८ लाख ३२ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
तेस्रो घण्टासम्म कामना सेवा विकास बैंक, मल्टिपर्पस फिनान्स कम्पनी, कर्पोरेट डेभलपमेण्ट बैंक र दिव्यश्वरी हाइड्रोको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । यस अवधिसम्म माउण्टेन हाइड्रोको शेयरमूल्य सर्वाधिक ७ दशमलव ८४ प्रतिशत घटेको छ । तेस्रो घण्टाको अवधिसम्म जलविद्युत समूहको १ दशमलव ४७ प्रतिशत परिसूचक घटेको छ भने बाँकी सबै समूहको बढेको छ । यो अवधिसम्म निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३ दशमलव ७४ प्रतिशत बढेको छ ।
प्रतिक्रिया