मंगलबार, वैशाख ९, २०८२

यस्ता छन् महान दार्शनिक चाणक्यले दिएका सफलताका सुत्र

नेपालखोज २०७७ असोज १६ गते ६:००

चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए । उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् ।

१.आफ्नै पहिचान
मानिसलाई आफ्नो योग्यता र कुशलताको पहिचान हुनुपर्छ। योग्यताले नभ्याउने काम गर्नुहुन्न । आफूलाई सुहाउने र क्षमता पुग्ने कार्य गर्दा सफलता हासिल हुन्छ ।

२.मित्र र शत्रुको पहिचान
मानिसले आफ्ना मित्र र शत्रु चिन्न सक्नुपर्छ । हामीले सच्चा मित्र र शत्रु चिन्यौ भने हानीबाट बच्न सकिन्छ । जीवनमा मित्रका भेषमा शत्रु पनि आउँछन् । यिनीहरुबाट बच्नुपर्छ । शुत्रलाइ चिनेर उनीहरुबाट सधै बच्नुमा भलाई हुन्छ ।

३. स्थानको पहिचान
मानिसलाई आफू बसेको स्थानका बारेमा पहिचान हुनुपर्छ । त्यहाँको वातावरण र परिस्थितिले धेरै कुरा तय गर्छन्। यदि खराव मानिस बस्दछन् भने सावधान रहनुपर्छ भने वातावरण स्वास्थ अनकुल छैन् भने त्यसबाट बच्न पहिलै प्रवन्ध गर्नुपर्छ ।

४. समयको पहिचान
जोसुकै समझदार मानिसले पहिचान गर्दछ हाल कस्तो समय चलिरहेको छ । सुख दिन छन कि दुःखमा जिन्दगी चलिरहेको छ रु यसकै आधारमा काम गर्नुपर्छ । दुःखका बेला धैर्यता नगुमाउनु र समझदारीका साथ अगाडी बढ्नु र सुखमा बेलामा लापरवाही गर्नुहुँदैन् ।

५. गुरु वा स्वामीको चाहनाको पहिचान
मानिसलाई आफ्नो गुरु वा स्वामीको चाहनाको पहिचान हुनुपर्छ। उनी जे काम गराउन चाहन्छन् त्यही गर्नुपर्छ । यसो गर्दा केही अफ्ट्यारोको सामना त गर्नुपर्ला र यही सहि नीति हो ।

६. आय र व्ययको पहिचान
मानिसलाइ आफ्नो आय–व्यय अर्थात कमाइ–खर्चको पहिचान हुनुपर्छ । आफ्नै कमाईअनुसार खर्च गर्ने हो । आफ्नो आर्थिक तागत बमोजिम योजना गर्नुपर्छ ।

प्रतिक्रिया