बुधबार, वैशाख १०, २०८२

अमेरिकी राष्ट्रपति दम्पतिमा कोरोना

नेपालखोज २०७७ असोज १६ गते १२:३२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

ट्रम्पले ट्विट गर्दै आफूहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन्।

नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि देश दौडाहामा रहेका ट्रम्प कति दिन क्वारेन्टिनमा बस्छन् भन्ने एकिन छैन। यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया