कोरोना संक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना
नेपालखोज
२०७७ असोज १७ गते ६:४६
एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिएको छ ।
शुक्रबार दिउँसो कोरोना पुष्टि भएपछि उनलाई अस्पताल लगिएको हो । ह्वाइट हाउसले विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य सावधानीको लागि उनलाई अस्पताल लगिएको जनाएको छ ।
अहिले ट्रम्प वाल्टर रीड नेशनल मिलिट्री मेडिकल सेन्टरमा छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कोरोना संक्रमण पुष्टि भएका ट्रम्पमा लक्षणसमेत देखिन थालेको छ ।
अहिले उनलाई हल्का ज्वरो आउनुका साथै थकान पनि धेरै महसुस हुन थालेको सीएनएनले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति चुनाव हुन एक महिना मात्र बाँकी रहेका बेला उनलाई कोरोना पुष्टि भएको हो ।
सम्बन्धित
प्रतिक्रिया