बुधबार, वैशाख १०, २०८२

कोरोना कहर : भारतमा मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

नेपालखोज २०७७ असोज १७ गते ७:४७

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा हाल सम्म १ लाख ८ हजार बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १ हजार ६९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

हिजो ७९ हजार ७७४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६४ लाख ७१ हजार ७३४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५४ लाख २४ हजार ९३४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४५ हजार ९१८ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया