आइतबार, वैशाख ७, २०८२

प्रदेश ५ प्रस्तावित राजधानी क्षेत्रमा जग्गा कारोबार अनिश्चितकालका लागि रोक्का

नेपालखोज २०७७ असोज १७ गते ८:२३

दाङ । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीलाई प्रस्ताव गरिएसँगै त्यस क्षेत्रमा जग्गा कारोबार अनिश्चितकालका लागि रोक्का गरिएको छ ।

प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव भरतमणि सुवेदीकाअनुसार अर्को आदेश नआएसम्मका लागि जग्गा कारोबार रोक्का गरिएको हो ।

प्रदेश मन्त्रिपरिषद बैठकले दाङको राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वडा नं. ८ र ९ मा जग्गा कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

राजधानी प्रस्तावित क्षेत्रमा जग्गाको अस्वाभाविक कारोबार बढ्ने भएकाले सो निर्णय गरिएको सचिव सुवेदीको भनाई छ । प्रदेश ५ मन्त्रिपरिषद बैठकले देउखुरीलाई स्थायी राजधानी र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा पेस गरेको छ ।

प्रतिक्रिया