बुधबार, वैशाख १०, २०८२

३ वर्ष भित्रमा १ अर्ब डलर रकम भुक्तानी गर्ने गुगलको योजना

नेपालखोज २०७७ असोज १७ गते ११:५९

एजेन्सी । इन्टरनेट जाएन्ट गुगलले विश्वका समाचार संस्थाहरुलाई आगामी ३ वर्ष भित्रमा १ अर्ब डलर रकम भुक्तानी गर्ने योजना सार्वजनिक गरेको छ ।

विश्वका विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरु आफ्नो वेबपेजमा समेत राख्ने गरेको गुगलले त्यसबापत सञ्चारमाध्यमहरुलाई रकम भुक्तानी गर्ने भएको हो ।

पछिल्लो समय विश्वका चर्चित चर्चित पत्रिका तथा समाचार एजेन्सीहरुले आफ्ना सामाग्रीहरु गुगलले प्रयोग गर्ने गरेको भन्दै गुगलसँग उचित भुक्तानीको माग गर्दै आएका थिए । गुगलसँग त्यस्तो संघर्ष गर्नेमा युरोपेली मिडियाअरु अग्रपंक्तिमा थिए ।

प्रतिक्रिया