कोभिड १९ कै कारण अन्तर बैंक कारोबार घट्यो
काठमाडौं । बैंकिङ क्षेत्रमा अन्तर बैंक कारोबार रकम घटेको छ । बिश्व्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को नियन्त्रण तथा रोकथामको लागि भन्दै सरकारले चैत ११ गते देखि एक सय २० दिनसम्म देशका सबै जिल्लामा लकडाउन गरेको र त्यसपछि पनि संक्रमण नियन्त्रणमा नआएको भन्दै सरकारले ४७ भन्दा बढी जिल्लामा आंशिक तथा पुुर्णरुपमा निशेधाज्ञा जारी गरेको थियो । निशेधाज्ञाकै कारण आमनागरिको आवागमन ठप्प भएको र धेरैजसो बैंक तथा बित्तीय संस्थाहरु पनि बन्द भएका कारण अन्तर बंैक कारोबार रकम घटेको हो ।
राष्ट्र बैंकका अनुुसार चालुु आर्थिक बर्षको पहिलो महिनामा सञ्चालनमा रहेका २७ वटा बाँणिज्य बैंकहरुले मात्र जम्मा एक अर्ब रुपैयाँको अन्तर बैंक कारोबार गरेका छन् । यस अवधिमा क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी २० वटा विकास बैंक र २२ वटा फाईनान्स कम्पनीहरुले भने ११ अर्ब ७१ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले मात्र एक खर्ब ४६ अर्ब २१ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार गरेका थिए । उक्त अवधिमा विकास बैंक र फाईनान्स कम्पनीहरुले भने १३ अर्ब ८४ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
अन्तर बैक कारोबार घटेको आधारमा ब्याजदर पनि घटेको छ । राष्ट्र बैंकका अनुसार २०७६ साउनमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर शुन्य दशमलव २१ प्रतिशत रहेकोमा २०७७ साउनमा पनि शुन्य दसमलव २१ प्रतिशत नै कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ साउनको एक दसमलव १९ प्रतिशतको तुलनामा २०७७ साउनमा शुन्य दसमलव शुन्य दुुई प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ साउनमा नौ दसमलव ४५ प्रतिशत रहेकोमा २०७७ साउनमा आठ दसमलव आठ प्रतिशत कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार २०७७ साउनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५ दशमलव ७७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १० दसमलव ४७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६ दशमलव ७७ प्रतिशत र १२ दशमलव ८ प्रतिशत रहेका थिए ।
प्रतिक्रिया