मुन्द्रेको कमेडी क्लबाट बाहिरिइन दिपाश्री
नेपालखोज
२०७७ असोज १८ गते १७:२०
काठमाडौं । चर्चित टिभी कार्यक्रम मुन्द्रेको कमेडी क्लबाट दिपाश्री निरौला बाहिरिएकी छिन् । उनको ठाँउमा नायिका करिश्मा मानन्धरलाई राखिने भएको छ ।
जितु नेपालको सो मुन्द्रको कमेडी क्लबमा दिपाश्री अध्यक्षको भुमिकामा देखिदै आएकी थिइन । अब भने उनको स्थानमा नायिका मानन्धर देखिने भएकी छिन् ।
केही समय अघि दिपाश्रीले राजेश हमाल महानायक होईन भनेर दिएको अभिव्यक्तिका कारण विवादमा तानिएकी थिइन् । स्रोतको अनुसार सोही कारण कार्यक्रमका प्रायोजक कम्पनीले दबाब दिएपछि उनी बाहिरिएकी हुन् ।
सम्बन्धित
प्रतिक्रिया