सोमबार, वैशाख ८, २०८२

दोस्रो घण्टामा ४.८४ अंकले बढेको बजारमा १ अर्बभन्दा बढीको शेयर कारोबार

नेपालखोज २०७७ असोज २० गते १३:२२

काठमाडौं । मंगलबार शेयर बजार बढी रहेको छ । यो दिन दोस्रो घण्टाको कारोबार अवधिसम्म नेप्से परिसूचक ४ दशमलव ८४ अंकले बढेर १ हजार ५८६ दशमलव ९६ विन्दुमा पुगेको छ । यो अवधिमा ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव १४ अंक बढेर ३१३ दशमलव ५९ विन्दुमा पुगेको छ । दोस्रो घण्टामा मंगलबार १९० कम्पनीको १ अर्ब ११ करोड ५८ लाख २३ हजार रूपैयाँ बराबरको ४५ लाख ४८ हजार कित्ता शेयर कारोबार भएको छ ।

मंगलबार दोस्रो घण्टासम्मको कारोबार अवधिसम्ममा जलविद्युत समूहको परिसूचक सर्वाधिक ३ दशमलव ९४ प्रतिशत बढेको छ । यो अवधिसम्म जलविद्युत क्षेत्रका कम्पनीहरुकोनै सर्वाधिक रकमको कारोबार भएको छ । दोस्रो घण्टामा सानिमामाई हाइड्रोपावर लिमिटेडको सर्वाधिक रू. ७ करोड १६ लाख २२ हजार बराबरको शेयर कारोबार भएको हो । यो दिन १० प्रतिशतले नेपाल फाइनान्सको शेयरमूल्य बढेको छ भने ९ प्रतिशतभन्दा बढी मूल्य बढ्ने कम्पनीहरु जलविद्युत कम्पनी रहेका छन् ।

प्रतिक्रिया